बारुदको खेल कहीले सम्म ?

0
246

काठमाडौँ, १३ मंसिर : दिन प्रती दिन भई रहेको  वम विस्फोटका घटनाले पुरै नेपालका जनतालाई त्रसीत बनाएको छ। आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेशको चुनावालाई लक्षित गरी भईरहेका वम विस्फोटका घटनाले पुरै नेपाली जनतालाई त्रसीत बनाएको छ ।

झन मङ्सीर १२ तुलसीपुरमा भएको वम विस्फोटको घटनाले त नेपालको  सुरक्षा व्यवस्था माथीनै प्रश्न उठाएको छ।  कडा सुरक्षा धेरामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका शीर्ष नेता दाङको तुलसीपुरमा आयोजित सभालाई सम्बोधन गर्न आएको बेला बम विस्फोट भएको थियो । नेपालको उच्च पदमा रहेका व्यक्तीको सुरक्षामा त असफल भए पछी अन्य जनताको त कुरै छोडौ। दाङको तुलसीपुरको घटनाले त समस्त नेपालको सुरक्षा व्यवसथा माथिनै प्रश्न उठाएको छ ।

तुलसीपुरको उक्त घटनामा प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका शीर्ष नेता सुरक्षामा खटीएका एक म्यादी प्रहरीको मृत्यु भयो र अन्य  पाँच जना गम्भीर घाइते भएका थिए। केही दिन देखी भई रहेको विस्फोटको घटनाले जनतामा मात्र नभएर उम्मेदवार तथा उनीहरुका कार्यकर्तामा पनि कति वेला वम विस्फोट हुने हो भने त्राश बनाएको छ भने  दिन प्रती दिन जस्तो भईरहेको वम घटनामा सुरक्षा निकायको एउटै कुरा रहेको छ,” सुरक्षामा कुनै कमी गरेका छैनौ, भय मुक्त भएर वस्नु भए हुन्छ”। हुन त विस्फोटमा सम्लग्न भएको अाशङकामा प्रहरीले अपराधी नसमातेको पनि हैन तर  पनि किन रोकिएको छैन् विस्फोका घटनाहरु, कतै यस्ता घटना घटाएर नेपालको सुरक्षा व्यवस्थालाई चुनौती त दिई रहेको हैन ?