बिगत हेर्दा नेपाल लगाएयत यो दक्षीण एसीया दक्षीण पुर्वी एशीया क्षेत्रमा वनष्पतीजन्य औषधीय ज्ञान व्यापारको राम्रो अवस्था रहेको देखिन्छ। नेपालको सन्दर्भमा औषधीय ज्ञानको पौराणिक लिखित ज्ञान भनेको  केशर पुस्तकालयमा पाइएको सुश्रुत सँहीता (सहोत्तरतन्त्र) ताडपत्रमा लेखिएको करिब ११३४ वर्ष पुरानो ग्रन्थ हो। यस ग्रन्थले औषधीय विज्ञानको विकाश लिखतमा नेपालको तर्फबाट व्यवस्थित ज्ञान प्रशारको प्रमाण दिन्छ। अझ सहोत्तरतन्त्रलाइ मानव सभ्यतामा अहिले सम्म कै प्राप्त सबभन्दा पुरानो आयुर्वेदीय ग्रन्थ मानिन्छ। यो ग्रन्थ करिब १६०० ईशा पुर्बको  भएको प्रमाणित अनुमान छ।

यसैगरी  निस्भासत तत्व सँहिता (Niśvāsat tatva saṃhitā) ग्रन्थ तन्त्रशाश्त्रमा  अहिलेसम्म प्राप्त सबभन्दा पुरानो श्रोतग्रन्थ मानिएको छ। यी दुवै ग्रन्थलाइ युनेस्कोले सन २०१३ को जुनमा नेपालको तर्फबाट युनेस्कोको अति प्रतिष्ठीत सम्झना सुचीमा राखेको छ । यसका अति‍रिक्त नेपालको राष्ट्रिय अभिलेखालयमा ५० हजार पुरातात्विक एवम् ऐतिहासिक सामग्री भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले अभिलेखीकरण गरी राखिएको जसमध्ये नेपाली कागज, भोजपत्र ताडपत्रमा लेखिएका ३० हजार हस्तलिखित सामग्री रहेका छन्

यस सुश्रुत सँहीतामा  ११२० प्रकारका रोगको बर्णन उपचार पद्दती, ७०० थरिका जडुबुटीको रुपपक्षको वर्णन रोगमा उपचारका उपयोग बिधी उल्लेख गरिएकाछन यसै गरि यस सुश्रुत सँहीतामा  ६४ प्रकारका खनीजहरु तयारी उपयोग, पशुपँक्षीमा आधारित ५७ थरिका प्राणी श्रोतबाट औषधी साथै  खनीजको स्वास्थ्या उपचारका लागि चाहिने चपचार बिधी र उपयोगको वर्णण गरिएको छ।   यस किसिमको  आयुर्वेदीय  स्वास्थ्य ग्रन्थ सुश्रुत सँहीतालाइ स्वास्थ्य विज्ञान व्यबहारमा ल्याएर विज्ञान व्यापार  पक्षलाइ समेत जोड्न सके देशको परम्परागत तथा  परिष्कृत ज्ञानलाइ औद्योगिकरणको  आधार बनाउन सकिन्छ। समाजमा ज्ञानविज्ञानमा महत्वपुर्ण सम्पदा पाएर पनि उपयोग गरिनु पर्छ

तर माल र ज्ञान पाएर पनि कसरी परिष्कृत गरेर उपयोग गर्नु पर्छ भनि  चाल नपाउने नेपाली पारालाइ  यो  सुश्रुत सँहीताको अबहेलनालाइ उदाहरणको रुपमा लिन सकिन्छ। यसलाइ थप खोजी-निती परिष्करणमा नलगिएको बाट हाम्रो आफ्नो ज्ञान र सभ्यतामा हामी आफैँलाइ विश्वास नभएको सम्मान दिन नजानिएको भनेर  प्रष्ट हुन्छ।   यहाँ उक्त ग्रन्थहरुलाइ थप खोजीनिती परिष्करणमा नलगिएको भन्नु को अर्थ उक्त ग्रन्थ पुस्तकलाइ चिटिक्क पारेर नयाँ गाता हालेर नराखिएको र आँखा चिम्लेर हुबहु उपयोग गरिनु पर्छ भन्न खोजीएको होइन। बरु यस्ता ज्ञान-श्रोतलाइ बिज्ञानका आधुनिक पाटासँग तादताम्य मिलाएर बिश्लेषण गरि उक्त ग्रन्थमा भएका गुण दोषलाइ केलाएर सुधार गर्दै लैजाने विज्ञान सम्मत उद्यमको बिकाश  हुनु पर्छ  भनिएको हो

अहिले सम्मन  गाँउ घरमा गरिने परम्परागत ओखतीमुलो  जडिबुटिको उपयोग व्यापार व्यबशाय नभएर सेवा मात्रै हुन गाइरहकोले परम्परागत ज्ञानले उद्यम विकाशको बाटो लिन नसकि आधुनिक एलोपेथिक उपचार विधिको छायाँमा परि बिलाउने अबस्थामा पुगेको छ। यदि देश समुदायमा आधारित अनुभव सुचनाहरुलाइ लिपिबद्ध गरि अर्को पुस्तामा हस्तान्तरण गर्न सकिएको अबस्थामा त्यस सँग समबन्धीत, ज्ञान, सिप, श्रोत र श्रमले  समायनुसार परिमार्जन, बजार र मुल्य स्त: पाउँदै जान्छन र देशले मौलिक ज्ञान र विज्ञान-प्रबिधिमा आधारीत औद्योगीक राष्ट्रको बाटो पहिल्याउन सजिलो हुन्छ ।

पुराना नेपाली वैद्यज्ञान, विभिन्न जातजातीमा निहित वनष्पतीमा आधारित ज्ञान र ओखतीमुलोहरुलाइ यस पछिका  नयाँ ज्ञान, परिक्षण, अनुसन्धान अनुभव सँग जोषेमा मात्रै यसले परिष्कृत वैज्ञानिक रुप लिन पाउँछ । यसले बजार र प्रमाणीक औषधीय मुल्य मान्यता पाएमा  वाणिज्य उद्योगको अन्य नयाँ ढोकाहरु समेत खुल्न जान्छन। त्यसपछि ला समाजको उपयोगिता अन्य कर्म गर्नेको आयसँग समेत जोडिन जान्छ यस्तो पेशा व्यबशाय दिगो बजार मुल्यशृँखलामा जोडीन गइ दिगो हुनजान्छ। यसको उदाहरणका लागि  पहिले  एलोपेथिक उपचार विधिले नेपालमा आफ्नो पकड नजमाएको बेला सम्ममा आयुर्वेदीय औषधीको वैज्ञानिक  बिकाश यससँग सम्बन्धीत विज्ञान व्यापार फष्टाउदो थियो तर अहिले प्रतिदिन  ओर्हालो लागेको अबस्था छ।  देशमा भए रहेका विभिन्न वैद्यखानाहरु र  करिब  ३०० बर्ष भन्दा पुरानो आुयर्वेदीय विज्ञानको भण्डार सरकारी अँग सिँहदरवार वैद्यखाना को उत्थान पतन लाइ यसको उदाहरणको रुपमा लिन सकिन्छ।

डा. विदुर प्र. चौलागाई

अनुसन्धान तथा तालिम निर्देशनालय, हिमालयन कलेज अफ एग्रीकल्चरल साइन्सेज एन्ड टेक्नोलोजी, (हिकाष्ट)