कहाँवाट आयौ सुनकेस्री नानी

0
350

कहाँवाट आयौ
सुनकेस्री नानी
आखॉ छन निला
गगन सरी
छाला छ सेतो
हिमाल सरि
कमेरो घस्छ्यौ कि
निर पो धस्छेउ
यो विधी सुन्दर
कसरी हुन्छेउ ?

हिमालकी शेर्पा
मधेशकी थारु,
अँगार झैँ आँखा
फरक चाँही  नाक भो
कसरी  वुझ्नु
यो फरक  कथा
खोजेमा निश्केला
अरु वँशाणु गाथा ।

युरोप कि कैली
सुनकेस्री नानी
आखॉ छन  निला
गगनझैँ  खाली
कमेरो  घस्छ्यौ
कि अँगार धस्छेउ
कोरीयाली गोरी
अफ्रीकी काली
ओठमा लाली
केश कालो पाली ।

किन छ रुप यस्तो
विछट्ट सुन्दर
के छ हो यसको
विशिष्ट कारक
कि छन् कि देउता
त्यताको फरक
कि हो कि हाम्रो
जगत नै फरक ?

छ भनुँ फरक
मानिसमा त्यता
छ झन फरक
हाम्रो देश मै यता
कोही छन चुच्चे त
कोही लाग्छन बुच्चे
अझ पाइन्छन फरक
घर घर विच्छे !

जात मात्र कै कुरा
के गरी वस्नु
फरक पन देखिन्छ
एका-घर मै पस्नु
दिदीको झैँ अनुहार
भाइ कै नहुने
कहॉ छ सॉचो यसको
यो स्वरुप नै फेर्ने ?

न वाउसँग मिल्छ
अनुहार खासै
न मिल्छ अनुहार
आमाको साखै
केही मिल्छ गुण
मावली सँग
मिल्दछ केहि व्यवहार
छर छिमेक सँग !

कति रुपमा मिल्छन
त परदेशी मित्र सितै
अनि कति त मिल्दैनन
जुम्लायाहा भित्रै
कहॉ होला यसको
लुकेको कथ्य
खोजेमा निश्केला केही
वँशाणु तथ्य !

आमाले दिइन आधा
रुप र गुण
वाउले दिए वाँकी
गुणका लक्षण
धर्ती ले दिइन
भरण र पोषण
यसैमा रह्यो
जन्मको कल्याण !
————————————–
डा. विदुर प्रसाद चौलागाई
हिमालयन कलेज अफ एग्रीकल्चरल साइन्सेज टेकनोलोजी (हिकाष्ट)