टिकाथली घटना र नेपाली समाज

0
728

काठमाडौं — नेपाली समाज कस्तो होला भन्ने जिज्ञासा भए धेरै पर गइराख्नु पर्दैन । हालै निकै चर्चामा रहेको टिकाथली ‘कथित’ भूत घटनालाई नजिकबाट नियाले नेपाली समाजको छवि छर्लङ्गै देखिन्छ । टिकाथली घटना जब न्युज २४ मा पहिलो पटक आयो तब जताततै यसको चर्चा परिचर्चा चल्यो ।

समाचारमा देखाइएको अनुसार टिकाथलीको एक घरमा सामानहरु आफैं उड्ने र झ्याल-सिसाहरु फुट्ने रहेछ । यो समाचारलाई युट्युबका धेरै मिडियाले बङ्ग्याई आफू र आफ्नो च्यानललाई हिट बनाउन खोजिएको देखियो । यसबाट नेपाली मिडियाको प्रामाणिकता थाहा हुन्छ ।

न्युज २४ ले पनि नचाहिँदो मुद्दालाई उक्साएको जस्तो देखियो । हिजो राति र अघिल्लो हप्तागरी दुई श्रृंखलाको समाचार आइसके पनि समाचारलाई थप कवरेज दिने कुराले नेपाली मिडियाको दयनीय अवस्थालाई स्पष्ट पार्छ । मिडियाभन्दा दोषी सोही परिवारका सदस्य हुन् जसले आपसी स्वार्थका लागि मानिसको समय र ध्यान बर्बाद गरे ।

त्यस्तै यस विषयमा प्रकाशित अन्य भिडियोहरुले पनि १० लाख युट्युब भ्युज बनाउन सफल भए । नेपाली समाज साच्चै बिना कुनै ठोस प्रमाण केहि कुरामा सजिलै विश्वास गर्छ भन्ने यो प्रमाण हो । २१ औं शताब्दीमा आएर भूत पिशाचमा यसरी विश्वास गर्ने नेपाली समाज साच्चै शिक्षित छ कि ६६ प्रतिशतको साक्षरता दर पनि केहि मिलेमतोमा बढाएको हो त्यो शङ्का कै विषय हुन्छ ।